
काठमाडौंमा गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु
२ कात्तिक, काठमाडौं । काठमाडौंको सामाखुसी चोकमा गाडीको ठक्करबाट आइतबार एकजना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको पञ्चगाछी गाउँपालिका–४ घर भएका ३१ वर्षीय अशोक ताजपुरीया रहेका छन् ।
ना.६ ख ४०१६ नम्बरको गाडीले काठमाडौं महानगरपालिका–२६ सामाखुसी चोकमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते ताजपुरीयाको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडी चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


