घोप्टेभीरमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-४, घोप्टेभीरमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

मंगलबार राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पहिरो बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको छ । ठूलो पहिरो खसेका कारण पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

सडक डिभिजन कार्यालयसँग समन्वय गरी दुई वटा लोडरको सहायताले पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आफ्नो लेनमा अनुशासन कायम गरेर बस्न सबै सवारी चालकहरुलाई अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु