एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ
सोलुखुम्बु: आफ्नै २५ वर्षीय छोरा समेत २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा सोलु दुधकुण्ड नगरपालिका-५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईलीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी मोहनले एसिड प्रहार गर्दा २ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते दुवै जनालाई जिल्ला अस्पताल फाप्लु हुँदै थप उपचारको लागि बीर अस्पताल काठमाडौं रिफर गरिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । स्रोत: नेपाल प्रहरी
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


