२०४७ सालको संविधानको पुन: स्थापनाको विकल्प छैन – महामन्त्री सेरचन

सोमबार, ६ पौष काठमाडौ । सरकारले आइतबार संसद विघटन गरे पछि आफ्नो धारणा सार्वजनिक गर्न नेपाली काँग्रेस (वी पी), नेपाल नागरिक अभियान, पुनस्र्त्थानवादी शक्ति नेपाल , सनातन सस्कृति समाज नेपाल, विर गोरखालि, शाही शक्ति नेपाल, स्वतन्त्र नागरिक समाज लगाएत विभिन्न १३ संघ संस्थाले आज रिपोर्टर्स क्लब नेपालमा गरेको सयुक्त पत्रकार सम्मेलनमा नेपाली काँग्रेस (वी पी) का महामन्त्री तथा पुर्व मन्त्री सुशीलमान सेरचनले आफ्नो धारणा राख्दै २०४७ सालको संविधानको परिमार्जन सहित पुन: स्थापनाको विकल्प नरहेको बताउनु भयो ।

महामन्त्री सेरचनले आफ्नो पार्टीको भोलि बस्ने केन्द्रिय समितिले यो विषयमा निर्णय गर्ने जानकारी दिनु हुदै संसद विघटनलाई २०७२ को संविधान ५ वर्षमा नै असफल भएको प्रमाणित भयो बताउनु भयो ।

सेरचनले प्रधानमन्त्री ओलि कै पालामा गणतन्त्र, संघियता र धर्मनिरपेक्षता खारेज हुने ठोकुवा गर्दै २०४७ सालको संविधानको पुन: स्थापनाको आन्दोलनमा लाग्न सबैलाई आह्वान गर्नु भयो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु