४२ जना प्रहरी कर्मचारीहरुलाई हलुका सवारी चालक तालिम प्रदान
काठमाडौं: प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ४२ जना प्रहरी कर्मचारीहरुलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित हलुका सवारी चालक तालिम २३औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
तालिम समापनको अवसरमा मंगलबार आयोजित कार्यक्रममा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक प्रधानले नयाँ प्रविधियुक्त सवारी साधनबारे समयसापेक्ष ज्ञान दिई सवारी चालकहरूको दक्षता अभिबृद्धि गर्न तालिम प्रदान गरिएको बताउनुभयो । तालिममा दिलाएको ज्ञान सीपलाई अधिकतम उपयोग गरी आफ्नो कार्यक्षेत्रमा लागू गरेमा मात्र संगठनको उद्देश्य पूरा हुने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी नायव उपरीक्षक ई.कमलेन्द्रलाल कर्णले गत असोज ६ गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार १ जना र प्रहरी जवान ४१ जना गरी जम्मा ४२ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो । स्रोत: नेपाल प्रहरी
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]