बेलौरीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु एक घाईते

बेलौरी –  शुक्रबार बेलौरी नगरपालिका वडा नम्बर ५ मैनाहामा से७प ५७०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
कंचनपुरको महेन्द्रनगरबाट बेलौरी फर्किने क्रममा कल्वर्टमा मोटरसाईकल ठोक्किदा बेलौरी नगरपालिका-१ बैशाखीका ३५ वर्षिय रकम बहादुर शाहीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले जानकारी दिए ।
त्यस्तै दुर्घटनामा मोटरसाइकलको पछाडी सवार बेलौरी नगरपालिका–१ का नवराज शाही घाइते भएका छन् । उनलाई थप उपचारका लागी धनगढी लगिएको छ ।
भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताए।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु