गायक राम कृष्ण ढकालको ‘ मनका कुरा ‘ सार्वजनिक (भिडियो)
काठमान्डौ– नेपाली संगीतजगतको एउटा दह्रिलो खम्बा जसको नाम हो रामकृष्ण ढकाल जो हर कोही नेपालीको मन मुटुमा लामो समयदेखी राजगरिरहेका छन, कारण हो उनको जादुमय स्वर । उनै गायक ढकालको स्वरमा रहेको नयाँ गीत ‘मनका कुरा’ सार्वजनिक भएको छ।
गायक तथा गीतकार अर्जुन पौडेलको शब्द, गायक तथा संगितकार रोशन राइको संगीत तथा पदम राजन मगरको संगीत सन्योजन साथै मुस्कान मुकारुङको मिक्सिङ अनी मास्टरिङ्ग रहेको यस गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो।
गीतको भिडियोलाई बेस म्युजिक नेपाल यूटुब च्यानल मार्फत सार्बजनीक गरिएको छ।
भिडियो निर्देशक राम कुमार के सि को निर्देशन तथा सिनेमाटोग्राफी रहेको उक्त गीतको म्युजिक भिडियोमा मोडल मनोज ओलीलाइ उदयमान मोडल प्रतिक्षा काफ्लेले साथ दिएकी छिन । उक्त भिडियोलाई दर्शक तथा श्रोताहरुले मन पराउने आशा लिएको गीतका लेखक तथा गायक पौडेलले पहिलो प्रहरलाई बताए।
पौडेलका स्वरमा यस अघी मेरा काला दारी , बबाल , देखिरहन्छु जहिले, हिउजस्ती गोरी लागायत गीतहरु सार्वजनिक भइसकेका छन भने उनका लेखनमा रहेका गीतहरु बजारमा आइसकेका छन । उनकै शब्द संगीत तथा नेपाल आइडल सिजन-२ का बिजेता रबी ओडको स्वरमा रहेको गीत पिएर नशा पछील्लो समय दर्शक तथा श्रोताले निकै रुचाएका थिए।
![Sagoon Host](https://pahiloprahar.com/wp-content/uploads/2021/11/Your-Best-Marketplace.gif)
पौडेलका स्वरमा यस अघी मेरा काला दारी , बबाल , देखिरहन्छु जहिले, हिउजस्ती गोरी लागायत गीतहरु सार्वजनिक भइसकेका छन भने उनका लेखनमा रहेका गीतहरु बजारमा आइसकेका छन । उनकै शब्द संगीत तथा नेपाल आइडल सिजन-२ का बिजेता रबी ओडको स्वरमा रहेको गीत पिएर नशा पछील्लो समय दर्शक तथा श्रोताले निकै रुचाएका थिए। # मनका कुरा- रामकृष्ण ढकाल
भिडियो
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]