
रामपुरमा ने.बि.सँघ र माओबादी कार्यकर्ता बिच झडप, विद्यार्थी नेता घाइते
रामपुर, चितवनकाे रामपुरमा रहेकाे कृषि क्याम्पसमा शुक्रबार ने.बि.संघका कार्यकर्ता र माओबादीका कार्यकर्ता बिच झडप भएकाे छ। नेपाल बिद्यार्थी संघ रामपुर कृषि क्याम्पसका इकाई समितिका अध्यक्ष दिपेश बानियाँ इकाई समितिका सदस्य खेमराज उपाध्याय, साेनाम लामा र हिमाल आचार्य लगायत विद्यार्थी नेताहरु माथि हातहतियार सहित् आएका माओबादीका कार्यकर्ताले कुटपिट गरि घाइते बनाएका जनाइएको छ ।
घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भईरहेकाे छ ।अपराधिक नियतले हातहतियार सहित आएर निर्घात आक्रमण गर्दा पनि प्रसासनले अझ सम्म अपराधिलाई पक्राउ गरि कार्बाहि नगरेको भन्दै नेपाल बिद्यार्थी सँघले प्रेस बक्तब्य निकाल्दै घटनाको घोर निन्दा अनी भर्त्सना गर्दै गृह प्रसासनलाई तत्काल ती हतियार सहितकाे आक्रमणमा संलग्न सबैलाई गिरफ्तार गरि हदै सम्मकाे कार्बाहि गर्न माग गरेको छ।
नेपाल बिद्यार्थी सँघद्वारा जारी प्रेस बक्तब्य
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]