
कञ्चनपुरमा दुईवटा मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ४ जना घाइते
कञ्चनपुर, पुस १६-
कञ्चनपुरको बेलौरी नगरपालिका ५ मा गएराति साढे १० बजे दुईओटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
रामनगरबाट बेलौरीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००९ प ३७२६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको से ३ प २४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हो ।
मोटरसाइकल ठक्करबाट गम्भीर घाइते भएका कृष्णपुर नगरपालिका २ का १९ वर्षीय बिमल रानाको उपचारको क्रममा इसान मेमोरियल अस्पताल बेलौरीमा मृत्यु भएको हो । प्रहरीका अनुसार उनी ३७२६ नम्बरको मोटरसाइकल सवार थिए ।
त्यस्तै सामान्य घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



