बाढीपीडित तथा अति विपन्न परिवारलाई खाद्य सामग्री सहयोग

रत्ननगर  : गएको १७ गेत बिहिबार बुढी राप्ती र राप्तीमा आएको बाढीबाट प्रभावित ३३ परिवारलाई राहात स्वरुप खाद्य सामग्री वितरण गरेका छन् । चितवनको रत्ननगर नगरपालिका वडा नं ६मा रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखा बछौलीलेको समन्वयमा लायन्स क्लब अफ चितवन सौराहा,लायन्स क्लब अफ वाइल्डलाइफ सिटी, लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्प, लायन्स क्लब अफ रत्ननगर चित्रसेन बाबाको सहयोगमा राहत वितरण गरिएको उप शाखाका निवर्तमान सभापति एवं उपशाखा अन्तर्गत सञ्चालित नागरिक सहायता कक्षका संयोजक राममणी खनालले वताए ।

उपशाखा बछौलीको पहलमा ओद्रा, बाघमारा र मालपुरका ३३ बाढी पीडित तथा अति विपन्न परिवार लाई खाद्य सामग्री वितरण गरिएको उपशाखाका कोषध्यक्ष एवं विपत व्यवस्थापन समितिका संयोजक दिपेन्द्र श्रेष्ठले वताए ।

३३ बाढीपीडित तथा अति विपन्न परिवारलाई प्रति परिवार १ बोरा चामल नुन, दाल र तेल सहयोग गरेको उपशाखाका सचिव मनोज चौधरीले बताए । विभिन्न संघ संस्था एवं व्यक्तिहरुवाट प्राप्त गरिएको सहयोग रकमवाट उपशाखाको कार्य क्षेत्र भित्र सहयोग गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु