
धादिङको सिस्ने खोला क्षेत्रमा सवारी साधनको जाम
३१ भदौ, काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको सिस्ने खोला क्षेत्रमा सवारी जाम भएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगादेखि टायलघरसम्मै सवारी साधनको लाइन छ ।
गएराति झ्याप्ले खोला नजिक एउटा गाडी बिग्रिएका कारण बाटोमा आज बिहानसम्म पनि सवारी साधनको प्रेसर भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । प्रहरीका अनुसार पहिरो गएर जाम भएको भने होइन ।
बिग्रिएको गाडी भने सडकबाट हटाइसकिएको र अहिले दुईतर्फी नै बाटो सन्चालन भएको प्रहरीको भनाइ छ । ‘तर कुनै–कुनै ठाउँमा लेन मिच्ने, ओभरटेक गर्ने गरिदिंदा प्रेसर भइरहेको छ,’ इलाका प्रहरी कार्यालय खानीखोलाका एक प्रहरीले भने ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


