
बैतडीमा जीप दुर्घटनाभइ तिन जनाकाे मृत्यु
बैतडीमा जीप दुर्घटनामा परि जनाकाे तिन जनाका मृत्यु भएकाे छ ।आइतबार दिउँसो सिगास गाउँपालिका-३ का ४५ वर्षीय जयसिंह धामीको मृत्यु भएको हो। योसँगै आइतबार बिहान भएको उक्त दुर्घटनामा मृत्युको संख्या ३ पुगेको छ।
बैतडीबाट डडेल्धुरातर्फ आउँदै गरेको से १ ज ७३९ नम्बरको जीपमा सवार १६ मध्ये ११ जना घाइते छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी दर्शन खड्काले जीप साहु र चालक भने अहिले फरार रहेको बताए। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।
घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइँदै छ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


