
गणतन्त्रको विरुद्ध सडक तताउदै नेपाली कांग्रेस (बिपी)

काठमाडौं । नेपाली कांग्रेस (बिपी)ले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रविरुद्धमा आन्दोलनमा उत्रिने घोषणा गरेको छ । सुन्दरीजलस्थित बीपी संग्राहलयमा सम्पन्न पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले आगामी मेलमिलाप दिवस अर्थात पौष १६ भित्र सडक तताउने र मेलमिलाप दिवसका दिन संघीयता, धर्मनिरपेक्षता तथा गणतन्त्रविरोधी शक्तिहरुसंग वृहत छलफल गरि सशक्त राष्ट्रिय आन्दोलनको तयारी गरिने बताईएको छ ।
साथै पार्टीको आधिकारिक लिखित धारणा निमार्ण गर्न पार्टीका महामन्त्री सुशीलमान शेरचनको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरेको छ । सो समितिका सदस्यहरुमा सहमहामन्त्री तथा प्रवक्ता देवेन्द्र प्रकाश पौडेल, केन्द्रिय सदस्यहरु जगन्नाथ घिमिरे, लक्ष्मीप्रसाद बास्कोटा र उमेश तिमल्सिना रहेका छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


