बालिका बलात्कार आरोपमा दुइजना पक्राउ

चितवन । बालिका बलात्कार अाराेपमा कैलालि र माेरङबाट दुइजना पक्राउ परेका छन् ।
कैलालिमा १४ वर्षिया बालिकालाइ जबरजस्ति करणी गरेकाे अभियाेगमा जानकि गाँउपालिका ६ धर्मापुर कटान बस्ने ३६ वर्षिय धरमविर चाैधरिलाइ मँगलबार दिउँसाे प्रहरिले पक्राउ गरेकाे छ ।

चाैधरीले ति बालिकालाइ अाफ्नै घरमा जबरजस्ति करणि गरकाे भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरि कार्यालय टिकापुरबाट खटिएकाे प्रहरिले उनलाइ पक्राउ गरेकाे हाे ।

माेरङमा नाै वर्षिया बालिकालाइ जबर्जस्ति करणि गरेकाे अभियाेगमा सुन्दरहरैचा नगरपालिका ३ बस्ने २५ वर्षिय हिमाल श्रेष्ठलाइ मँगलबार दिउँसाे प्रहरिले पक्राउ गरेकाे छ ।

श्रेष्ठले ति बालिकालाइ जबर्जस्ति करणि गरेकाे भन्ने खबर प्राप्त हुनासाथ प्रहरि चाैकि गछियाबाट खटिएकाे प्रहरिले उनलाइ पक्राउ गरेकाे हाे ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु