कञ्चनपुरका देउडा गायक दहाल को चौथो एल्बम बजारमा

धन बहादुर बिक, कञ्चनपुर
कञ्चनपुर को पुनर्वास नगरपालिका स्थाई घर भई काठमाण्डौं लाई कर्मथलो बनाउदै आएका चर्चित देउडा गायक रामदहाल ले
हालै मात्र लोक आधुनिक गीति एल्बम ( मिरा )बजारमा भित्र्याएका छन ।
गित, संगित, गायन दहाल स्वयम् को रहेको छ भने चर्चित भिडियो तथा नृत्य निर्देशक असोक बिकको छायांकन र मोडल कृष्ण घलान र एलिना देउजाले उक्त (मिरा) मा नृत्य अभिनय गरेका छन ।
बिदेशमा बस्ने नेपाली युवाहरूले अाफ्नी प्रेमिकालाई सम्झेर
स्वदेश आएपछि कल्पना गरिएको बिषयलाई गित मार्फत नेपाली युवाहरूको मन छुने गायक दहालद्वारा प्रस्तुत उक्त गीति
एल्बम ले सन्देश दिएको छ ।
कञ्चनपुर को पुनर्वास नगरपालिका ५ भानुबस्ति घर भई विगत लामो समयदेखि काठमाण्डौं लाई पेशागत कर्मथलो बनाउदै अाएका दहालको लोक अाधुनिक गीति एल्बम
( मिरा ) चौथो हो । करिब दुई दशक अघि देउडा गित २०५६ मा
( वासु ) , ( मधु ) तथा ( बाझोमन ) एल्बम बजारमा ल्यायर
चर्चा मा अाएका दहाल लामोसमय एउटापनि गित बजारमा नअाउदा अोझेलमा पर्दै अाएका थिए भने करिब १९ बर्ष अन्तराल पछि फेरि लोक अाधुनिक गीति एल्बम बजारमा भित्र्याउन सफल भएपछि दहाल एकाएक चर्चामा अाएका
छन ।

राम दाहाल

जनचाहना अनुसार थुप्रै गित संगित बजारमा ल्याउने अाफुमा दक्षता हुंदाहुंदै पनि पारिवारिक समस्या र अार्थिक अभावले चाहेअनुसार सपना पूरा गर्न नसकिएको दहाल बताउँछन् । भर्खर मात्र यु टुभ मार्फत बजारमा भित्रिएको ( मिरा ) लाई सबैले सुनिदिन गायक दहालले अाफ्ना प्रशंसक
लाई अनुरोध गरेका छन ।

म्युजिक भिडियो : 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



हेमन्त न्यौपाने पहिलो प्रहरका सम्पादक हुन ।