
स्याङ्जामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु
४ वैशाख, काठमाडौं । स्याङजाको वालिङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार एक बालकसहित पाँच जनाको मृत्यु भएको हो ।
डाँडाखर्कबाट वालिङ बजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप वालिङ नगरपालिका- १२ माथिल्लो डाँडाखर्क नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चालकसहित ६ जनालाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
मृतक पाँच जनाको शव वालिङ प्राथमिकक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]