नयाँ बजारमा ग्याँस सिलिण्डर विष्फोट, ४ जना घाइते

२९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका-१६ नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्याँस सिलिण्डर विष्फोट भएको छ ।

बिहीबार भएको सिलिण्डर विस्फोटमा परी ४ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।

घाइतेलाई उपचारको लागि मनमोहन अस्पतालमा लगिएको छ । घटनाको थप क्षतिको विवरण आउन बाँकी छन् ।

 

सिलिण्डर विष्फोट
ग्याँस सिलिण्डर पड्किएर भत्किएको घर ।

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु