त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता, एक घाइते

चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ नाग्दी खोलास्थित पृथ्वीराजमार्गबाट ३५ मिटर तल त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बिहीबार राति ११ः४५ बजेको समयमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग२च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको थियो । खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई खोजी कार्य सुरू […]

यो पनि पढ्नुहोस

गुल्मीमा पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु

गुल्मी,असोज ६- गुल्मीमा मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर ८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । माथिबाट […]

यो पनि पढ्नुहोस

चितवनको ऐतिहासिक दस्तावेज ‘चितवन दर्पण’ प्रकाशन

चितवन,असोज ६- जिल्लाको इतिहास, वर्तमान र परिकल्पना समेटिएको पुस्तक ‘चितवन दर्पण’ प्रकाशन गरिएको छ । जिल्ला समन्वय समितिले प्रकाशन गरेको पुस्तकको मङ्गलबार पाँचौँ जिल्लासभामा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विमोचन गर्नुभयो । पुस्तकका लागि यहाँका सात पालिका समेटेर पाँच विषयविज्ञ लेखकले लेख्नुभएको छ । पुस्तकमा ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, राजनीतिक एवं पर्यटकीयस्थलका बारेमा जानकारी […]

यो पनि पढ्नुहोस

आज इन्द्रजात्रा पर्व मनाइँदै

३ असोज, काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा […]

यो पनि पढ्नुहोस

पूर्वी चितवनमा एक जनाको हत्या, छिमेकी पक्राउ

२, असोज, चितवन । पूर्वी चितवनको राप्तीमा एक पुरुषको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीका अनुसार राप्ती नगरपालिका वडानम्बर ९ स्थित शीतल टोलका अन्दाजी ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो । कान्छाको हत्यामा संगल्न भएको आरोपमा छिमेकी दशरथ ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।दशरथले कान्छाको […]

यो पनि पढ्नुहोस

लुम्बिनी प्रदेश सरकारविरुद्ध ७९ वटा मुद्दा, ४१ सरेर आएका

१ असोज, रुपन्देही । लुम्बिनी प्रदेश सरकार मातहतका निकायविरुद्ध ७९ वटा मुद्दा दर्ता भएका छन् । गत वर्षबाट सरेर आएका मुद्दाको सङ्ख्या ४१ छ । आर्थिक वर्ष २०७७/०७८ मा मात्रै ३८ वटा मुद्दा दर्ता भएका छन् । सरकार र मातहतका निकायलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा ४० वटा मुद्दा दर्ता भएका छन् । यस्तै २३ वटा […]

यो पनि पढ्नुहोस

नाग्दीखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवन ३० भदौ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ नाग्दी खोलामा पहिरो जाँदा पूर्णरुपमा सडक अवरुद्ध भएको छ। पृथ्वी राजमार्गमा पर्ने उक्त सडकमा राति करिब २:४५ बजेतिर पहिरो खसेपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। नाग्दी […]

यो पनि पढ्नुहोस

गैँडाकोट नगरमा कार्यविधिविपरीत ३८ कर्मचारी नियुक्त

गैँडाकोट । गैँडाकोट नगरपालिकाले स्वीकृत दरबन्दीबेगरको करार सेवामा ३८ जनालाई करार तथा ज्यालादारीमा नियुक्त गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ र ८७ तथा मन्त्रालयबाट जारी भएको कार्यविधिमा उल्लेख गरेविपरीत विभिन्न पदमा कर्मचारी नियुक्त गरी मासिक आठ लाख ७३ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख […]

यो पनि पढ्नुहोस

करणी गरेको आरोपमा लुभुबाट एकजना पक्राउ

२४ भदौ, ललितपुर । प्रहरीले करणी गरेको आरोपमा लुभुबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-९ लुभु चेतना चोकस्थित किराना होलसेल पसल संचालन गरी बस्ने ३७ वर्षीय रमेश थापा मगर रहेका छन् । ३२ वर्षीया महिलालाई पसलभित्र मंगलबार साँझ जबरजस्ती करणी गरेको सूचनाको आधारमा उनलाई बुधबार पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको […]

यो पनि पढ्नुहोस

दाउन्नेमा पहिरो, यातायात सेवा अवरुद्ध

१८ भदौ, कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । दाउन्नेको खुर्सानी खोला नजिक शुक्रबार बिहान करिब २ बजेतिर पहिरो गएकाले यातायात सेवा ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पहिरो पन्छाउने क्रम जारी छ । तर वर्षा भइरहेको र पहिरो झर्ने क्रम जारी रहेकाले […]

यो पनि पढ्नुहोस