भरतपुर अस्पतालमा घटे कोरोनाका बिरामी, अन्य बिरामी बढ्दै
चितवन । भरतपुर अस्पतालमा कोरोनाका बिरामी घट्दै गएपछि अन्य प्रकृतिका बिरामीहरु बढ्दै गइरहेका छन् । भरतपुर अस्पतालमा हाल ३३ जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् ।
अस्पतालको भेन्टिलेटरमा कोरोनाका बिरामी छैनन् । ६ जना आइसियुमा र २० जना जनरल वार्डमा र अन्य एचडियु कक्षमा उपचार गराइरहेका छन् । भरतपुर अस्पतालमा कोरोनाका बिरामी घट्न थालेपछि अन्य प्रकृतिका बिरामी बढ्दै गएका अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले बिरामीको चापबढेसँगै बहिरङ्ग सेवाको समय बढाएको बताए ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा पौडेलका अनुसार बिहान ८ बजेदेखि टिकट खुल्ला हुनेछ । ८ः३० बजेबाट स्वास्थ्य परीक्षण सुरु गरिएको छ । बिरामीले टिकट काटिसकेपछि लामो समयसम्म कुर्न नपरोस् भनेर तीन छुुट्टा–छुट्टै कक्षबाट सेवा सुरु गरिएको छ । टिकट काट्न र ओपिडीमा परीक्षण गर्न लामो समय पर्खनुपर्ने गुनासो आएकाले अस्पतालले सेवा विस्तार गरेको निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा पौडेलले जानकारी दिए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]