प्रकाशमानको समर्थन देउवालाई,यसरी भयो सहमती

काठमाडौं, मंसिर २८-

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई पार्टी सभापतिमा समर्थन गरेका छन्। आज आएको मतपरिणामअनुसार सभापति पदमा देउवाले धेरै मत ल्याएका थिए भने दोस्रो धेरै मत शेखर कोइरालाले ल्याएका थिए।

देउवाले २२५८ मत ल्याएका थिए भने कोइरालाले १७०२ मत ल्याएका थिए। सिंह पनि पहिलो चरणमा सभापति पदका उम्मेदवार थिए। सिंहले ३७१ मत ल्याएका थिए। आजै कांग्रेस सभापति पदका लागि दोस्रो चरणको मतदान हुने कार्यक्रम छ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु