नाग्दीखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवन ३० भदौ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ नाग्दी खोलामा पहिरो जाँदा पूर्णरुपमा सडक अवरुद्ध भएको छ। पृथ्वी राजमार्गमा पर्ने उक्त सडकमा राति करिब २:४५ बजेतिर पहिरो खसेपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। नाग्दी खोलामा पहिरो गएर बाटो छेकिँदा नारायणगढतर्फ रामनगरसम्म लामो जाम परेको छ। बाटो खुल्न कम्तिमा पनि डेढ घण्टा लाग्ने अनुमान गरिएको छ। अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।

नारायणगढबाट काठमाडौं, पोखरालगायतका यात्रामा निस्किएका गाडीहरु पुनः नारायणगढ नै फर्किएका छन्। तर चितवनबाहिरबाट आएका गाडीहरु भने बाटो खोल्ने आसमा जाममै फसेका छन्। पहिरो झरेको उक्त स्थान मुग्लिनबाट काठमाडौंतर्फ दुई किलोमिटरको दूरीमा पर्छ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु