धुर्मुस–सुन्तली फाउन्डेसनविरूद्ध अख्तियारमा उजुरी

भरतपुर । क्रिकेट रङ्गशाला निर्माणमा अनियमितता भएको भन्दै धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेट राष्ट्रिय प्रशिक्षक (एनआएस) अनिल अधिकारीले उनीहरुविरूद्ध आर्थिक अपचलन र ठगी गरेको भन्दै पक्राउ गरी छानबिन गर्न माग गरेका हुन् । अधिकारीले […]

यो पनि पढ्नुहोस

रिजालको हत्यामा आरोपमा दुई व्यक्ति प्रकाउ

काठमाडौँ, माघ ३- चन्द्रागिरि नगरपालिकाका एक युवकको हत्यामा प्रहरीले दुई युवकलाई प्रकाउ गरेको छ । प्रहरीले चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बुमा बस्ने २६ वर्षीय रोशन रिजालको हत्याको आरोपमा मकवानपुरको चित्लाङ घर भई चन्द्रागिरि–५ स्थित किसिपीडीमा बस्ने वर्ष १५ का अनुज बस्नेत र उनका दाजु २१ वर्षीय अभिषेक बस्नेतलाई प्रकाउ गरेको हो । त्यस्तै महानगरीय प्रहरी परिसर […]

यो पनि पढ्नुहोस

सुनको मुल्यमा सामान्य वृद्धि, प्रतितोला ९२ हजार ५०० कायम

काठमाडौँ, माघ ३- आज सुनको मूल्य प्रतितोला सय सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज छापावाला सुनमा प्रतितोलामा एक सय रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले  बढेर ९२ हजारमा कारोबार भएको छ भने चाँदीको […]

यो पनि पढ्नुहोस

मन्त्रिपरिषद् बैठकले स्थानीय तहको चुनाव मिति तय गर्छ: स्वास्थ्य मन्त्री खतिवडा

काठमाडौँ, माघ ३- अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तहको चुनाव मिति तय गर्ने स्वास्थ्य तथा जनसख्या मन्त्री विरोध खतिवडाले बताएका छन् । समाजवादी प्रेस संगठन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यही साताभित्र सरकारले स्थानीय तहको चुनावको मिति टुंग्याउने बताएका हुन् । त्यस्तै मन्त्री खतिवडाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई […]

यो पनि पढ्नुहोस

मुग्लिङ-पोखरा सडक विस्तार योजनाः धमाधम रुख कटानको काम हुँदै

चितवन,माघ ३- पोखरालाई काठमाण्डौसँग जोड्ने पृथ्वी राजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको छ । एसियाली विकास बैंक (एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा मुग्लिङदेखि पोखरासम्मको दुई लेनको सडकलाई विस्तार गरी चार लेनको फराकिलो र स्तरीय बनाउनका लागि मुग्लिङ–पोखरा सडक योजनाले काम अघि बढाएको हो । पोखरा–मुग्लिङ सडक खण्ड विस्तारको कार्य […]

यो पनि पढ्नुहोस

बन्दिपुरमा जीप दुर्घटनामा परि नाै महिने शिशुसहित ६ जनाकाे मृत्यु ।

तनहुँ, माघ १- तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । बन्दीपुर अस्पतालका अनुसार ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ७६ वर्षीया भीममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेका छन् । विममाया र सुकबहादुरको अस्पताल […]

यो पनि पढ्नुहोस

भोलिदेखि यी व्यक्तिलाई लगाइदैछ कोरोनाविरुद्ध बुस्टर डोज (पत्रसहित)

चितवन,माघ १- भोलि माघ २ गतेदेखि अग्रपंक्तिमा खटिनेहरूलाई सरकारले कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्र पठाई अग्रपंक्तिमा खटिनेहरूलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथि उमेरका नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप लगाउन सुरु गर्न निर्देशन दिएको हो। पहिला […]

यो पनि पढ्नुहोस

कोरोना खोप लगाउन मान्दैनन् चेपाङ

चितवन, पुस २९– कोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन् । जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ । जिल्लाका सात पालिकामध्ये छ पालिकामा चेपाङ्ग समुदायको बसोबास छ । जिल्लाको इच्छाकामना गाउँपालिका तथा कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको […]

यो पनि पढ्नुहोस

ओमिक्रोनको जोखिम बढेपछि गण्डकी प्रदेशको प्रवेशविन्दुमा कडाइ

दमौली, पुस २८- कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि गण्डकी प्रदेशको प्रवेशविन्दु तनहुँको आँबुखैरेनीमा कडाइ गरिने भएको छ । गण्डकी प्रदेश सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पुलजीपमा स्थापना गरेको स्वास्थ्य प्रबद्र्धन तथा निगरानी केन्द्रलाई प्रभावकारी बनाउन आवश्यक कर्मचारीको व्यवस्थापन गर्न लागिएको हो । प्रदेश सरकारले उक्त केन्द्रमा आवश्यक कर्मचारी, स्वास्थ्य सामग्री प्रबन्ध गर्ने व्यवस्था मिलाउने […]

यो पनि पढ्नुहोस

‘पत्रकारितामा विश्वसनीयताको सङ्कट’ : पोलिटब्यूरो सदस्य बाँस्कोटा

काभ्रेपलाञ्चोक, पुस २८- नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुँदै गएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै उहाँले विश्वसनियताको सङ्कटले पत्रकारिताको महत्व घट्दै गइरहेको छ भन्नुभयो । उहाँले भन्नुभयो “नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो पर्दै गयो, छिमेकी भारतभन्दा पुरानो इतिहास बोकेको नेपाली पत्रकारितामा निष्पक्षता […]

यो पनि पढ्नुहोस