बारामा चितुवाको बच्चा मृत भेटियो

१२ चैत, वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका-२ मा चितुवाको बच्चा मृत अवस्थामा फेला परेको छ ।

कलैया बरियारपुर सडकखण्डमा स्वास्थानी पेट्रोल पम्पभन्दा १ सय मिटर पूर्व चितुवाको बच्चा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

चितुवाको बच्चा ६ महिना जतिको हुनसक्ने अनुमान गरिएको छ । बिहीबार बिहान प्रहरीलाई चितुवाको बच्चा मृत भेटिएको खबर आएको थियो । त्यसपछि प्रहरी चौकी बरियारपुर र वन कार्यालय कलैयाबाट कर्मचारीसहितको टोली चितुवा भेटिएको स्थानमा पुगेको थियो ।

चितुवाको बच्चाको मृत्यु कसरी भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु