पोखरामा करेन्ट लागेर एकजनाको मृत्यु

३ कात्तिक, काठमाडौं । कास्कीमा सोमबार करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका-२३ ठूलाखेत घर भएका ३५ वर्षीय ज्ञानेन्द्र दाहाल रहेका छन् । पोखरा महानगरपालिका-५ माछापुच्छ्रे टोलमा किराना पसल सञ्चालन गरी बस्दै आएका दाहाललाई पसल अगाडिको बिजुलीको पोलमा चढी बल्ब जडान गर्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते […]

यो पनि पढ्नुहोस

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

३ कात्तिक, राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकामा सोमबार अपराह्न मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । राप्तीसोनारी-७ थपप्टटलीमा भे ६ प ७२४० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीयवासी ६९ वर्षीया करुवा थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुभाष खड्काले जानकारी दिए । उनका अनुसार राप्तीसोनारी ४, नयाँबस्ती बैजापुरका २६ वर्षीय निमप्रसाद थारुले चलाएको […]

यो पनि पढ्नुहोस

युवराज खतिवडालाई राजदूत नबनाउन माग गर्दै ३ वटा उजुरी दर्ता

२ कात्तिक, काठमाडौं । संघीय संसदको सुनुवाई समितिमा युवराज खतिवडालाई राजदूत नबनाउन माग गर्दै तीनवटा उजुरी परेको छ । खतिवडा अमेरिकाका लागि प्रस्तावित राजदूत हुन् । त्यसैगरी, बेलायतका लागि प्रस्त्ावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध एउटा उजुरी परेको छ । सोमबार सुनुवाई समितिको बैठकले उजुरी खोलेको छ तर उजुरीकर्ताहरु सम्पर्कमा नआएका कारण सार्वजनिक नगरिएको समितिले जनाएको छ […]

यो पनि पढ्नुहोस

एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

३ कात्तिक, जनकपुरधाम । सिराहा प्रहरीले एक क्विन्टल लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मिर्चेया नगरपालिका-१ मनहर्वास्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना.५ त.१४ नम्बरको ट्याक्टरलाई आइतबार राति चेकजाँच गर्ने क्रममा सो परिमाणको गाँजा बरामद भएको प्रहीले जनाएको छ । ५ पोका ठूलो र २ पोका सानो प्लाष्टिकको बोरामा राखिएको उक्त गाँजा […]

यो पनि पढ्नुहोस

शवको प्रतीक्षामा आफन्तहरु चिता कुरेको कुर्‍यै

२ कात्तिक, विराटनगर । आइतबार बिहान नोबेल मेडिकल कलेजमा कोरोना संक्रमित ७५ वर्षीय वृद्धको मृत्यु भयो । विराटनगर महानगरपालिका– ३ का वृद्धको शव नेपाली सेनाले दिउँसो ११–१२ बजे घाटमा ल्याइदिने भनेपछि आफन्तले परोपकार घाटमा चिता बनाए । तर शव उठाउने सेनाको टोली आएन । १ घण्टा, २ घण्टा भन्दै रोक्दै रह्यो । शव ल्याउने प्रतीक्षामा […]

यो पनि पढ्नुहोस

काठमाडौंमा गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु

२ कात्तिक, काठमाडौं । काठमाडौंको सामाखुसी चोकमा गाडीको ठक्करबाट आइतबार एकजना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको पञ्चगाछी गाउँपालिका–४ घर भएका ३१ वर्षीय अशोक ताजपुरीया रहेका छन् । ना.६ ख ४०१६ नम्बरको गाडीले काठमाडौं महानगरपालिका–२६ सामाखुसी चोकमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते ताजपुरीयाको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा […]

यो पनि पढ्नुहोस

तस्करी रोक्न खोज्दा मारिए असई गोविन्द

२ कात्तिक, काठमाडौं । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकले दुई दिनअघि मात्रै सीमा क्षेत्रबाट अवैध सुर्ती बरामद गरेका थिए । नेपाल–भारत सीमामा हेर्ने यो बिटमा विकले नेतृत्व सम्हालेको पनि धेरै भएको थिएन । लामो समयदेखि चल्दै आएको तस्करीको लाइन छिट्टै भत्काउन लागि परेपछि उनी सबैको तारो बनेका थिए […]

यो पनि पढ्नुहोस

सीटीईभीटीको मौका परीक्षा २२ कात्तिकमा

२ कात्तिक, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) डिप्लोमा/प्रमाणपत्र तहको एक विषय मौका परीक्षा २२ कात्तिकमा सञ्चालन गर्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैतपछि रोकिएको डिप्लोमा/प्रमाणपत्र तहको नियमित तथा छात्रवृत्ति कार्यक्रमको एक विषय मौका परीक्षा नेपाल सरकारकाले तोकेको सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न लागिएको सीटीईभीटीले जनाएको […]

यो पनि पढ्नुहोस

उदयपुर दुर्घटना : दसैँ मान्न फर्किएकाहरुको घर पुग्नै पाएनन्

२ कात्तिक, विराटनगर । ओखलढुंगा र उदयपुरका ५ जना नागरिक दसैँ मनाउन भारतको लद्दाखबाट फर्किँदै थिए । तर घर नपुग्दै बाटैमा उनीहरुले ज्यान गुमाउनुपर्‍यो । उदयपुरको कटारी नगरपालिका– १४ भदौरे स्थित सिद्दिचरण लोकमार्गमा शनिबार राति कार दुर्घटना हुँदा मानेभञ्ज्याङका ४ जना र उदयपुर कटारीका १ जनाको मृत्यु भयो । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । […]

यो पनि पढ्नुहोस

उदयपुरमा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु

२ कात्तिक, विराटनगर । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भिर छ  । भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो कार शनिबार राति ११ः५५ मा दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा दासले […]

यो पनि पढ्नुहोस