
चितवनमा थपिए ३३ कोरोना संक्रमित, दुईको मृत्यु
चितवन, कात्तिक ९-
पछिल्लो २४ घण्टामा चितवनका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार चितवनका विभिन्न अस्पतालमा ३७ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ११ जना, भेन्टिलेटरमा तीन जना, एचडीयूमा २६ जना रहेका छन् ।
त्यस्तै विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट दुई जना संक्रमितको मृत्यु भएको छ । लमजुङ र काठमाडौँ गरी आज चितवनमा दुई संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार आज भरतपुर महानगरपालिकामा ३१ जना, माडी नगरपालिकामा एक जना र रत्ननगर नगरपालिकामा एक जना कोरोना संक्रमित थपिएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा १४ जना संक्रमित कोरोना मुक्त भएर घर फक्रिएका छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]