बेलौरीमा प्रहरीद्वारा तपाईंको मास्क खोइ कार्यक्रम सम्पन्न

असोज १५। प्रहरी दिवसको अवसर पारेर ईलाका प्रहरी कार्यालय बेलौरीले शुक्रबार कंचनपुरको बेलौरीमा तपाईंको मास्क खोइ कार्यक्रम गरेको छ।

बेलौरी बजारमा कार्यक्रम गर्दै सर्वसाधारणहरुलाई प्रहरीले मास्क वितरण गरेको हो ।

काेराेनाकाे नयाँ भेरियन्टकाे सँक्रमण बढिरहेका बेला जनसमुदायमा सचेतना फैलाउने उद्धेश्यले कार्यक्रम गरिएकाे ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक कमल कुमार खड्काले बताउनु भयाे ।

बहिर हिडडुल गर्दा मास्क बिनै मान्छेहरु निस्किने हुनाले काेराेना सँक्रमणकाे जाेखिम उच्च रहेकाले समयमा नै सचेत हुनु पर्ने प्रहरीले जनाएकाे छ । बजारमा हिडडुल गर्ने ब्यक्तिहरूलाई मास्क दिदै अनावश्यक रुपमा घर बाट ननिस्कन र भिडभाड नगर्न सुचित गर्दै मास्कको अनिवार्य प्रयाेग गर्न समेत अनुरोध गरिएको निरीक्षक खड्काले बताउनु भयाे ।

 

Sagoon Host
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु