कीरण गजमेरले सर्जकको चित्त दुखाए , आफुले गाएको गीत पनी शेयर गरेनन

 

गीतलाई मनपराएर किरणलाई वधाइ तथा उज्जल भविष्यको कामना गर्दै उनको स्वरको तारिफ गरेका अनगन्ति कमेन्टहरु देखीए तर दुर्भाग्य भनौ या के भनौ किरणले आफूले गाएको गीतलाइ एकपटक पनी शेयर गर्ने समेत चेस्टा गरेनन

काठमाडौं । केही समय अघी एउटा गीत एम थ्री म्युजीक युटुव च्यानल वाट रिलीज भयो जुन गीतको वोल थियो ‘ आँखा आँखा जुधी ‘छोटो समयमै नीकै लोकप्रियता हासिल गरेको उक्त गीतलाई गाएका थिए चर्चित रियालीटी शो भ्वाइस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेर अनी अस्मिता अधिकारिले ।

तर बिडम्बना, किरणले गीतको टीमलाई नै धोका दिएको खुलेको छ। गीतका सर्जक तथा वरिष्ठ गीतकार ध्रुव प्रसाद अम्गाईले पहिलो प्रहरसंग यसरी गुनासो गरेका छन। “गीतलाई मनपराएर किरणलाई वधाइ तथा उज्जल भविष्यको कामना गर्दै उनको स्वरको तारिफ गरेका अनगन्ति कमेन्टहरु देखीए तर दुर्भाग्य भनौ या के भनौ किरणले आफूले गाएको गीतलाइ एकपटक पनी शेयर गर्ने समेत चेस्टा गरेनन “

अम्गाई अगाडी थप्छन, किरणले गीत गाउदाको पारिश्रमिक देखाउदै निकै खुशी हुदै मेरो नेपाल आएपछिको पहिलो कमाई भनेर टीकटकमा भीडीयो समेत बनाएका छन (भीडीयाे तल देखाइएको छ ) तर अहिले गीत रिलीज भएको यत्रो समयसम्म एउटा शेयर पनी गरेनन हाम्रो टीमले कयौ पटक शेयर गर्न  अनुरोध गर्दा पनी उनले टेरपुच्छर लगाएनन । किरण भाईलाई पैसा चल्यो काम चलेन । किरणले अन्य गीतलाई भने प्रमोशन गरिरहेका छन।

 

गायिका अस्मिता लगायत सम्पूर्ण टीमले गीतलाई प्रोमोशन  गरेको देखिन्छ ।

अस्मिताले आफ्नो अफिसियल फेसबूक पेजबाट गीतको प्रमोसन समेत गरेकी थिइन ।

 

Sagoon Host

यो मेरो मात्र हैन यस्तो परम्परा रहिरह्यो भने हरेक श्रष्टाले अपमानित भएको महशुस गर्नेछ । उनी भन्छन कीरण भाईको उज्जल भविष्यको कामना त गरौला तर यस्तो व्यवहारले उज्जल भविष्यतर्फ लम्की रहेको युवा गायकको क्यारियरमा चाही पक्कै कालो धव्वा लाग्नेछ ।

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु