कोरोनामुक्त भएपछि अमिताभले सुरु गरे सुटिङ

बलिउड नायक अमिताभ बच्चन केही दिन अगाडि मात्र कोरोना संक्रमणबाट मुक्त भएका थिए ।

अमिताभ कोरोना संक्रमित भएपछि उनले संचालन गर्दै आएको रियालिटी गेम शो ‘कौन बनेगा करोडपति १२’को छायांकन एक महिना पछि सारिएको थियो । तर, अब भने अमिताभले यो शोको छायांकन सुरु गरेका छन् ।

अमिताभ आफैले यो शोको छायांकनका क्रममा लिइएका तस्वीर सार्वजनिक गरेका छन् । जहाँ, अमिताभ सुरक्षित तरिकाले कार्यक्रम संचालन गरिरहेका छन् । सोनी टेलिभिजनको यो चर्चित रियालिटी शोमा ५ करोड रुपैयाँसम्मको पुरस्कार राखेर हाजिरीजवाफ खेलाइन्छ ।

अमिताभले सार्वजनिक गरेको तस्वीरमा कतै उनी स्क्रिप्ट पढिरहेका छन् भने कतै उनी आफूलाई तयार गर्दैछन् ।

सोनी टीभीकै अर्को शो ‘दि कपिल शर्मा शो’ दर्शकविना नै प्रशारण भैरहेको छ । ‘केबीसी’को सेटमा सम्पूर्ण यूनिट पीपीई किट लगाएर काममा व्यस्त भएको देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु