अधिवक्ता टीको स्वरमा ‘एकछिन हो जीवन’

काठमाडौं । वकालत पेशामा जमिरहेका अधिवक्ता सुर्यमान टी सांगीतिक क्षेत्रमा पनि प्रवेश गरेका छन् ।

अधिवक्ता टीको शब्द, संगीत र स्वर रहेको ‘एकछिन हो जीवन’ बोलको गीतको अफिसियल स्टुडियो भर्सन हालै घामजुन युट्युब च्यानलबाट सार्वजनिक भएको छ । उक्त गीतलाई लाहाङ सुब्बाले एरेन्ज र अशोक मर्हजनले मिक्सिङ गरेका हुन् ।
सो गीतको स्टुडियो भिडियोको छायांकन निर्मल सुब्बा, कोरियोग्राफी छवि थापा, सम्पादन पिआरटी र निर्देशन अर्जुन मादेन लिम्बुको रहेको छ । पहिलो गीत सार्वजानिक गरेसंगै निकै उत्साहित गायक तथा अधिवक्ता टीले भविष्यमा पनि सांगीतिक क्षेत्रमा निरन्तरता दिने बताएका छन् ।
https://www.youtube.com/watch?v=pV3ckk8rdZo

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्