सिरिजङ्घा उपाध्यक्ष डा. चित्र मावोले आफ्नै भत्ताबाट बनाईदिए जनताको घरको छानो

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र मावोले गत स्थानीय चुनावमा विजयी बने लगत्तै उपाध्यक्षका रुपमा आफूलाई प्राप्त हुने सवारी साधन बापतको सुविधा रकम गरीब तथा असहाय जनताको सहयोगमा खर्चिने घोषणा गरेका थिए । उक्त घोषणालाई उपाध्यक्ष डा. मावोले हालै पूरा गरेका छन ।

डा. मावोले गाउँपालिका उपाध्यक्षको रुपमा राज्यबाट प्राप्त गरेको सेवा सुबिधा बापतको रकमबाट सिरिजङ्घा गाउँपालिका वडा नं. ४, तेल्लोक निवासी भीम बहादुर लिम्बुको घर मर्मत गरि टिनको छानो लगाई दिएका छन् । जीर्ण अवस्थामा रहेको लिम्बुको उक्त घर गत बैशाख जेष्ठमा आएको असिनाले प्वालैप्वाल बनाइ पानी समेत तैराउन नसक्ने अवस्थामा पुगेको थियो । भीम बहादुर लिम्बुको घरमा स्थानीय जनता, छरछिमेकीहरुको सहयोगमा उपाध्यक्ष डा. मावोले उपलव्ध गराएको टिनको छानो लगाउने काम सम्पन्न भएको बताईएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्