
नेकपा एकीकृत समाजवादीतिर लागे प्रदीप नेपाल
९ भदौ, काठमाडौं । नेकपा एमाले नेता प्रदीप नेपाल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन् । दल दर्ताका लागि आफ्नो हस्ताक्षर सनाखत गर्न नेपाल मंगलबार बिहान निर्वाचन आयोगमा पुगेका हुन् ।
२ भदौमा नेपाल समूहले दल दर्ताका लागि निवेदन दिँदा नेता नेपालको पनि नाम थियो । तर ओली पक्षका नेताहरुले प्रदीप नेपालले एमाले नछाडेको बताएका थिए ।
नेता नेपालले पनि फेसबुकमा आफू माधव नेपालको मान्छे भएको, तर ६ वर्षदेखि कमिटीविहीन अवस्थामा रहेको बताएका थिए ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


