
कांग्रेस कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल चुनिए
२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल चयन भएका छन् । डंगोल नेतृत्वको कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।
सभापति डंगोल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पक्षका हुन् ।
उपसभापतिमा सुदन बस्नेत र रञ्जिता महर्जन गौतम, सचिवमा इच्छा महर्जन र किरण केसी, सहसचिवमा सूर्यकान्त कोइराला र सानुमैया महर्जन तथा कोषाध्यक्षमा पर्विता विष्ट चुनिएका छन् ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


