गायक ज्वाला राईको नयाँ गीतमा टिकटकस्टारसँग रोमान्स

काठमाडौं । नेपालको चर्चित फ्रन्चाईज रियालिटी सो “भ्वोईस अफ नेपाल” सिजन ३ का फाईनलिष्ट गायक ज्वाला राईले आफ्नो स्वर, संगीत र अभिनयमा ‘दौराभन्दा खल्ती लामो’ बोलको गीतको म्युजिक भिडियो आफ्नै आधिकारिक युट्युब च्यानलबाट सार्वजानिक गरेका छन् ।

गायक राई र अहिलेकी निकै लोकप्रिय गायिका अस्मिता अधिकारीको स्वरमा रहेको उक्त गीत लेखु सहयात्रीले लेखेका हुन् । विशम आचार्यको एरेन्ज र मौसम हिमालीले निर्देशन गरेको सो गीतको म्यजिक भिडियोमा गायक राई र टिकटकबाट चर्चामा आएकी मोडल बिना राउतको अभिनय हेर्न सकिन्छ । हाम्रो स्टुडियोको प्रस्तुती रहेको म्युजिक भिडियोका निर्माता आस्लाम लिम्बू हुन् भने छायांकारमा विशाल थापा, सम्पादनमा सनम मगर र प्रोडक्सन म्यानेजरमा विक्रम तामाङ रहेका छन् ।

         निर्माता आस्लाम लिम्बू

भ्वोईस अफ नेपालअघि नै गायक राईले म्यासअप कभर गीतहरुबाट निकै लोकप्रियता कमाईसकेका थिए । त्यसयता पनि उनि निरन्तर नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहदैआएका छन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्