शेखर कोइरालाको मत घट्यो, निधि र गुरुङको बढ्यो

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवारहरुको मत हेरफेर गरेको छ ।

सोमबार सकिएको पहिलो चरणको मत गणनामा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गरेन । सबभन्दा धेरै मत पाएका सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २२५८ मत पाएका थिए ।

तर सभापतिमा निर्वाचित हुन चाहिने कुल खसेको मत ४६६९ बहुमत २३४० पुगेन ।

मतगणना सकिएपछि प्रचार प्रचार समितिका सचिव सुरेश आचार्यले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले १७२९, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाएको जानकारी दिएका थिए ।

तर निर्वाचन समितिले सार्वजनिक गरेको सभापतिका तीन उम्मेदवारको मत फरक छ ।

देउवाले पाएको मत २०५८ कायमै रहँदा शेखरको मत घटेर १७०२ कायम भएको छ । प्रकाशमानको भोट ३७१ कायमै छ भने निधिको एक भोट बढेर २५० र कल्याण गुरुङको दुई भोट थपिएर २२ पुगेको छ ।

Sagoon Host
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु