बेनुको पोइ भने हुन्छ मा रन्जित, पूजा अनी हैटको रोमान्स (भिडियो सहित)

काठमान्डौ– हरेक सिर्जना सार्वजनिक हुँदा चर्चामा रहँदै आएका र लगातार लोकप्रियताको शिखर चढिरहेका अहिलेका चर्चित गीतकार बेनु मैनालीले अर्को नयाँ गीत ‘पोइ भने हुन्छ ‘ शुक्रबार सार्वजनिक गरेका छन।

गीतकार मैनालीले गीतको भिडियो आफ्नै यूटुब च्यानल इट्टाघरे प्रोडक्सन मार्फत सार्बजनीक गरेका हुन।

Benu P Mainali
गीतकार बेनु मैनाली

 

चर्चित गायिका मेलिना राइ र गायक निशान भट्टराइको यूगल स्वर रहेको गीत माया ‘पोइ भने हुन्छ‘ मा संगीतकार सन्तोश सुनारको संगीत रहेको छ भने संगीत संयोजन कमल सौरागको रहेको छ। गीतको मिक्सिङ अनी मास्टरिङ्ग भने श्याम श्वेत रसाइलीले गरेका हुन ।

चर्चित चलचित्र तथा भिडियो निर्देशक निकेश खड्काको रहेको उक्त गीतमा हास्यकलाकार तथा अभिनेता बुद्धी तमाङ (हैट) अभिनेत्री पूजा शर्मा साथै भि जे तथा अहिलेका ब्यस्त मोडल रन्जित पौडेलको अभिनय देख्न सकिन्छ।

भिडियोको कोरियोग्राफी शुबोल थापाले गरेका हुन भने अमृत चापागाइँले खिचेका हुन।

Sagoon Host

गीतकार मैनालीका यसअघी झुटो खेल , जोगी भए, लिङ्गे पिङ , २ कौडिको बुद्दी  लगायत थुप्रै गीतहरु बजारमा आइसकेका छन।

उनी समसामयिक र यथार्थपरक गीत लेख्न बढी मन पराउँछन् । चाँडै अन्य गीतका पनि भिडियो आउने तयारी भईरहेको कुरा उनले पहिलो प्रहरलाई जानकारी गराए ।

 

 

20% OFF SAGOON
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु