छोटो समयमा परदेशिको मनमा बस्न सफल गीत ‘भन साइँला’ युट्युब देखि टिकटक सम्म भाइरल (भिडियो)
काठमाडौं : गायक रमेश राज भट्टराई र गयिका रचना रिमालको स्वरमा रहेको गीत ‘ भन साइँला ‘ यति बेला सामाजिक सञ्जालमा खुब चर्चामा छ । गीत सार्वजनिक भएको ३ हप्ता नपुग्दै युट्युबमा ३२ लाख भन्दा बढी पटक हेरिएको छ भने टिकटकमा पनि हजारौंको संख्यामा टिकटक भिडियोहरु बनेका छन् ।
यो गीतका सर्जक संगीतकार रमेश राज आफै हुन भने भिडियोमा शंकर बीसीको निर्देशन , जीवन भट्टराई ,लक्ष्मी बर्देवा , सन्तोष पन्त र संगम भण्डारीको अभिनय रहेको छ।
यो गीतको यति चर्चा हुनुको मुख्य कारण गीतले बोकेको भाव हो ,यो गीतमा लाखौं परदेशीको त्यो कथा उठाइएको छ जुन अधिकांश नेपालीको साझा समस्या भन्दा पनि हुन्छ।४० कटेसी रमाउने सुखद भविष्यको कल्पना गर्दै, विदेशीएका परदेशीहरुको जिवन भने आफैंमा दुःखद बितिरहेको हुन्छ।एकातिर मातृभुमी र परिवारबाटा टाढा अर्कोतिर बिरानो मुलुक चिनारु कोही हुँदैन ।यता स्वदेशमा रहेका परिवारमा पनि उतिकै पीडा र कुण्ठा ।अझ श्रीमान परदेशीएपछि एउटी श्रीमतीले कतिसम्मभोग्नु र सुन्नुपर्छ अरु कसैले कहाँ लेख्न, सुन्न र भन्न सक्ला र ? यहि यथार्थ मनोभावलाई रमेशराज भट्टराईले गीतमा उतारेका छन् ।
गायक रमेश राज भन्छन् यो कसैको कथालाई साभार नगरेको भए पनि अधिकांश नेपालीको परिवारसँग मिल्न जान्छ । उनले एक अनलाइन मिडिया सँगको अन्तर्वातामा भनेका छन् , ‘म पनि गाउँमा घाँसदाउरा गर्दै हुर्केको मान्छे हुँ । मैले गाउँमा प्रत्यक्ष देखेको छु कि परदेश जान पाए त राम्रो घर बनाउन सकिन्थ्यो होला, मनग्य पैसा कमाउन सकिन्छ होला भन्ने हुन्छ र धेरै युवाहरू परदेश जानुहुन्छ तर सबैले आफ्नो सपना पूरा गर्न सक्नुहुन्न । त्यो मध्येको एक यो कथा हो ।’ (भिडियो सहित)
भन साइँला

[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]