टोकियो पारा ओलम्पिक : नेपालकी पलेशा पहिलो खेलमै पराजित

१८ भदौ, काठमाडौं । जापानमा भइरहेको टोकियो पारा ओलम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोबर्ध्दन पहिलो खेलमै पराजित भएकी छन् ।
शुक्रबार बिहान भएको पहिलो चरणको खेलमा उनी बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी हुन् ।

पदक आशा गरिएकी उनी सुरुमै बलियो प्रतिद्वन्दीसँग पर्दा पराजित भइन् ।

५८ केजी तौल समूह मुनिको खेलमा पलेशा बेथसँग २१-८ अन्तरले पराजित भइन् । पहिलो राउण्डमा पलेशा ६-२ र दोस्रो राउण्डमा ८-२ ले पछि परिन् ।
Sagoon Host
तेस्रो राउण्डमा केही सुधार गरेपनि ७-४ ले पछि परेपछि पलेशाले हार बेहोरिन् ।
20% OFF SAGOON
पहिलो चरणमा हारेकी पलेशाले अब रिपेचका लागि प्रतिस्पर्धा गर्नेछिन् ।
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु