
जब कंगनाले आमिरको झुटो अन्तरवर्ता शेयर गरिन्
नायिका कंगना रनावतको निशानामा पछिल्लो केही दिनदेखि नायक आमिर खान परिरहेका छन् । बलिउडका अधिकांश नायक–नायिकामाथि आक्रोशित रुपमा प्रस्तुत भैरहेकी कंगनाले आमिरको आलोचना गरिरहेकी छिन् । तर, उनी आलोचना गर्दा गर्दै यस्तो अवस्थामा पुगिसकेकी छिन् कि उनलाई कलाकारको समाचार र अन्तरवार्ता सही वा झुटो के हो भन्ने छुट्याउने फुर्सद समेत मिलेको छैन ।
हालैमात्र कंगनाले आफ्नो ट्विटरमा आमिरको एक अन्तरवार्ता शेयर गरिन् । जसमा आमिरले आफ्नी श्रीमती किरण र पूर्व श्रीमती रिना हिन्दु भएको तर आफ्ना सन्तानले भने मुश्लिम धर्म नै पछ्याउने गरेर बोलेको उल्लेख छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]