
वर्षा राउत र कमल सिंहको पहिलो माया सार्वजनिक (भिडियो)
काठमाडौंः-लोकप्रिय गीतकार पुनम मोथेको चर्चित गीत ‘पहिलो माया’को मेल भर्सन सार्वजनिक भएको छ । चर्चित गायक निशान भट्टराईको स्वरमा मेलभर्सनमा सार्वजनिक भएको ‘पहिलो माया’मा शंकर थापा ”स्माइल”को संगीत र उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ।
प्रेम कथामा आधारित गीतको भिडियोलाई गीतकार पुनमको आफ्नै अफिसियल युट्युब च्यानल ‘ Poonam Mothey Official’ बाट सार्वजनिक भएको हो।
लोकप्रिय नायिका वर्षा राउत र कमल सिंहको अभिनय रहेको भिडियोमा निकेश खड्काको निर्देशनमा बनेको हो भिडियोमा विकास धमलाको सम्पादन र बुद्ध थापाको क्यामेरा रहेको छ ।
करिब २ महिना पहिला मात्रै रचना रिमालको अवाजमा समाबेश गीत ‘पहिलो माया’लाइ अत्यधिक मन पराइएपछि यसको मेल भर्सन पनि बनाइएको हो गीतकार पुनम मोथेले ‘पहिलो माया’को सम्पूर्ण टिम , स्रोता दर्शक र मिडियाहाउसलाई धेरै धेरै कृतज्ञता ब्यक्त गर्नु भएको छ ।
बिदेशमा रहेर पनि नेपाली सांगीतिक छेत्रमा निरन्तर लागिरहनु भएकी लोकप्रिय गीतकार मोथेको यसअघि ‘पहिलो माया’ बाहेक ‘झुठो रैछ तिम्रो माया’ र ‘सयौं जुनी’ गीतहरु सर्वाधिक रुचाइएका गीतहरु हुन ।

[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]





