एमाले पार्टी रहेन, पाटीपौवामा परिणत भइसक्योः माधवकुमार नेपाल

काठमाडौं,पुस १५-

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रूपमा नरहेको टिप्पणी गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दाबीसमेत गर्नुभयो ।

आज बिहीवार काठमाण्डौमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले एमालेको क्रान्तिकारी नै भुत्तै भएकाले आफूहरूले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको तर्कसमेत गर्नुभयो । अध्यक्ष नेपालले एमालेमा केही गरौँ भन्ने भावनासमेत नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘त्यो पुरानो एमाले पार्टीमा क्रान्तिकारी धार नै रहेन । धार भुत्तै भयो । भए पनि काम नलाग्ने, त्यो त्यत्तिकै फलामको डल्लो हुन पुग्दछ । धारै छैन । क्रान्तिकारी चिन्तन नै छैन । परिवर्तनको सङ्कल्प नै छैन । निःस्वार्थ भावना पनि छैन । केही गरौँ भन्ने पवित्र सोच नै छैन । क्रान्तिकारी भावना छैन भने, समर्पणको भावना छैन भने त्यो पार्टी पाटीपौवा हुन पुग्दछ । त्यो पाटीपौवाको केही काम छैन ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु