
सुर्खेतमा मिशन नेपाल राष्ट्र निर्माण अभियानको सरसफाई
काठमाडौं । धर्मसंस्कृतिको संरक्षण तथा मुलुकमा फष्टाएको भ्रष्टाचार, विकृति विंसगतिविरुद्ध सशक्त आवाज उठाउदै देशैभर संगठन विस्तार गरिरहेको मिशन नेपाल राष्ट्र निर्माण अभियानले सार्वजानिक स्थलको सरसफाईमा समेत पाईला चालेको छ ।
अभियानले हालै सुर्खेतको वीरेन्द्रनगरस्थीत सिटी बसपार्कको सरसफाई गरि सो कार्यको सुरुवात गरेको हो । आफ्नो घर आँगन आफै सफा गरौं, वीरेन्द्रनगरलाई प्लाष्टिक झोलामुक्त शहर बनाऔं आदि नाराका साथ सम्पन्न उक्त कार्यक्रमलाई मिशन नेपाल राष्ट्रिय निर्माण अभियान सुर्खेतका अध्यक्ष अर्जुन बीसीले संयोजन गरेका थिए ।
अभियानका केन्द्रिय संयोजक मानव कुमार ठकुरीले पहिलो प्रहरसँग बोल्दै यी र यस्तै कार्यक्रमहरु लिएर देशव्यापी रुपमै आफूहरु जनताको माझमा जाने बताए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]