लेखक, कलाकारहरुसंग ताप्लेजुङको सिरीजंघा गाउँपालिका

काठमाडौं । ताप्लेजुङको सिरीजंघा गाउँपालिकाले आगामी शनिवार पालिकाका लेखक, साहित्यकार, संगीतकार तथा कलाकारहरुबीच रचनात्मक छलफल कार्यक्रम आयोजना गर्नेभएको छ ।
उक्त कार्यक्रमको जानकारी दिदै गाउँपालिकाका उपाध्यक्ष डा. चित्र कुमार मावोले पालिकाका लेखक, साहित्यकार, संगीतकार तथा कलाकारहरुलाई साउन २७ गते शनिवार सिरीजंघा गाउँपालिकाको कार्यालय, तेल्लोकमा सम्पन्न हुने सो कार्यक्रममा सहभागी हुन अनुरोधसमेत गर्नुभयो ।

उपाध्यक्ष डा. मावो गीतकार तथा साहित्यकारका रुपमा पनि परिचित हुनुहुन्छ । उहाले मेची अंचलका लोकभाकाहरु भन्ने विषयमा विद्यावारिधि गर्नुभएको छ । उहाँका रोजेको फुल, प्रयोगशालाजस्ता कृतिहरु प्रकाशित छन् भने गीतकारका रुपमा २०६० सालमा उहाको पहिलो गीत रेकर्ड भएको थियो । त्यसयता उहाले कान्छी सोल्टिनी, सप्तरंगी, भारतीय अतिक्रमणविरुद्ध लेखिएको गो ब्याक ईण्डियाजस्ता गीतहरु बजारमा ल्याईसक्नुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्