पल र वर्षाको ‘मेरी सोल्टिनी’ सार्वजनिक (भिडियो)

काठमाडौं । गीतकार तथा संगीतकार बालकृष्ण न्यौपानेको नयाँ गीत ‘मेरी सोल्टिनी’को भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक ‘मेरी सोल्टिनी’मा नेपाल आइडलबाट लोकप्रियता कमाएका किरण भुजेल र भ्वाइस अफ नेपालबाट लोकप्रिय बन्न सफल गायिका गीता शर्माको स्वर रहेको छ । गीतको भिडियोलाई काठमाडौं उपत्यकाको रमणीय स्थल गोदावरीमा छायांकन गरिएको छ ।

गीतको भिडियोमा नायक पल शाह, नायिका वर्षा राउतको साथमा सुरज श्रेष्ठ, सोम्या श्रेष्ठले अभिनय रहेको छ ।

फिल्मी शैलीको डान्सिङ गीतको भिडियोमा पल र वर्षा एक रोमान्टिक प्रेमी जोडीको अवतारमा प्रस्तुत भएका छन् ।

निर्देशक गम्भिर बिष्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन छ । सुवोल थापाले कोरियोग्राफी गरेको भिडियोमा नविन निरौलाको सम्पादन छ ।

गीतकार न्यौपानेका यसअघि ‘उजाडियो शिशिर’मा (विभिन्न शीर्षकमा पुरस्कृत), ‘अब यी अल्छी हातमा’ (सर्वोत्कृष्ट राष्ट्रगानमा पुरस्कृत)लगायतका दर्जन बढी गीतहरु बजारमा आइसकेका छन् ।

 

 

Sagoon Host
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु