संसद बैठक बोलाउन माग गर्ने दाहाल-नेपाल पक्षको निर्णय

दाहाल-नेपाल पक्षमा प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसदको हस्ताक्षर

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहले बानेश्वरमा गरेको सांसदहरुको भेलाले संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकार गरेको घोषणा गर्दै संसदको नियमित अधिवेश बोलाउन माग गरेको हो ।
भेलामा विघटित प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरु उपस्थित थिए ।

भेलामा उपस्थितिका लागि भनेर गरिएको हस्ताक्षर संकलनमा विघटित प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसदले हस्ताक्षर गरेका छन् । बुधबारलाई फेरि संसदीय दलको बैठक बोलाउने निर्णय पनि भेलाले गरेको छ ।

केही समयअघि सकिएको यो बैठकलगत्तै बानेश्वरमा हुने भनिएको स्थायी कमिटीको बैठक स्थगीत गरिएको छ । बैठक स्थगीत गरेर नेताहरु प्रमुख प्रतिपक्षी कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन सानेपा हिँडेका छन् । कांग्रेस र जसपासहित नेकपाको दाहाल-नेपाल समूहले संयुक्त विरोध कार्यक्रम गर्ने अनौपचारिक सहमति आइतबारको बैठकमा गरेका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु