माओवादी केन्द्र बागमतीको अध्यक्षमा ६ दाबेदार, सहमति नजुटेपछि प्रदेश समितिको बैठक स्थगित

२८ मंसिर, काठमाडौं । माओवादी केन्द्र बागमती प्रदेशको अध्यक्षमा ६ जनाले दाबी गरेका छन् । आकांक्षीहरुबीच सहमति नजुटेपछि आज बिहान बस्ने भनिएको प्रदेश सदस्यहरुको बैठक स्थगित गरिएको छ ।

बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री, सिन्धुलीका विदुर खड्का, भक्तपुरका डिपी ढकाल, काभ्रेका इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, काभ्रेकै दिनानाथ गौतम ‘प्रयास’ र दोलखाका विशाल खड्का दाबेदार छन् ।

उपाध्यक्षमा रुपा महर्जन, शिव कोइराला ‘ज्वाला’ लगायतले दाबी गरेका छन् । सचिवमा चितवनका आरसी अधिकारी, नुवाकोटका नवराज ढुंगाना ‘विश्वास’, रत्न ढकाललगायत दाबेदार छन् ।

सहमति नजुटेपछि अहिले पार्टी अध्यक्ष प्रचण्डसहितको उपस्थितिमा सहमतिको प्रयास जारी छ । सहमतिको प्रयासमा प्रदेश सदस्यहरुको बैठक स्थगित गरी बामगती प्रदेशभित्रका केन्द्रीय सदस्यहरुको बैठक बोलाइएको छ ।

शनिबारदेखि सुरु भएको प्रदेश सम्मेलनबाट बागमतीमा प्रदेश सदस्यहरुको मात्र नामावली सार्वजनिक गरिएको थियो । तर पदाधिकारी टंगो लागेको थिएन । पदाधिकारी टुंगो लगाउन प्रदेश सदस्यहरुको बैठक आज १० बजे क्रिष्टल पार्टी प्यालेसमा बोलाइएको थियो । तर सो बैठक अनिश्चित समयका लागि स्थगित गरिएको एकजना प्रदेश सदस्यले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु