आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
संखुवासभा– आफ्नै श्रीमती २९ वर्षीया बिष्णु माया राईको हत्या गरेको अभियोगमा पाचखपन नगरपालिका-३ का दिपन राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
बिष्णु माया राई पुष ५ गते राति मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनको कर्तब्यबाट हत्या भएको खुल्न आएपछि दिपनलाई पक्राउ गरेको हो ।
राईले सामान्य बादबिबादको क्रममा रिसको आवेगलाई थाम्न नसकी श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


