हङकङ्गस्थित एक रेष्टुरेन्टमा आगलागी, ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु

काठमाडौं, मंसिर १– हङकङ्ग जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेन्टमा आइतबारराती आगलागी हुदाँ ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु भएको छ।

आगलागीमा परेर १८ जना घाइते भएका छन। मृत्यु हुनेहरुमा चार पुरुष र तीन महिला रहेका छन। नेपालीहरुले नै संचालन गरेको एक रेष्टुरेन्टमा आगलागी भएको हो ।

जन्म दिनको पार्टी मनाइरहदाँ आगलागी भएको त्यहाँ रहेका नेपालीहरुले जानकारी दिएका छन ।

एनआरएनए हङकङ्गकी अध्यक्ष टिका गुरुङ्ग ‘राधिका’ले पनि आगलागीमा परि सात जना नेपालीको मृत्यु भएको पुष्टि गरेकी छिन।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु