
तनहुँको छुट्टाछुट्टै स्थानमा नवजात शिशुसहित दुई जना मृत फेला
दमौली, पुस २१-
तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो ।
स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उहाँले बताउनुभयो । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसैगरी आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ । मन्दिर नजिकैको धर्मशालाको पेटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


