फोहोर पानी जम्मा गर्ने खाल्डोमा डुबेर बालकको मृत्यु

२२ कात्तिक, जनकपुरधाम । फोहोर पानी जम्मा गर्ने खाल्डोमा डुबेर सर्लाहीमा एक जना बालकको मृत्यु भएको छ ।

जिल्लाको ईश्वरपुर नगरपालिका ५ स्थित महेन्द्र विष्टको घर अगाडि फोहोर पानी जम्मा गर्ने खाल्डोमा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका विक्रम महतोका २ वर्षीय छोरा रामप्रवेश महतो छन् । बालकको शुक्रबार साँझ डुबेर मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

उनका अनुसार घटना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु