
भीम रावल टावर बिहिन हवाइजहाज हुनुभयो,सेफ ल्याण्डिङ गर्नुपर्छः दुर्गा प्रसाई
चितवन,मंसिर १२-
नेकपा एमालेका महाधिवेशन प्रतिनिधि तथा व्यवसायी दुर्गा प्रसाईले भीम रावल टावर बिहिन हवाइजहाज भएको बताउनुभएको छ । महाधिवेशन जारी स्थल चितवनको सौराहामा संचारकर्मीसंग कुरा गर्दै उहाँले रावल टावर विहिन हवाइजहाज भएको र उहाँले सेफ लेण्डिङ गर्नुपर्ने बताउनुभयो ।
पार्टीलाई मात्र नेतृत्व चयन गर्नुपर्ने भएको भए रावल आएपनि केही हुदैन्थ्यो,उहाँले भन्नुभयो । अहिले पार्टीको होइन देशको आवश्यकता हो ओली । उहाँले देशले केपी ओली खोजेको भन्दै उहाँ बाँचुन्जेल नेतृत्व लिनुपर्ने धारणा राख्नुभयो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


